अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रदेश १ मा ९ सय ८ जनाको उम्मेदवारी दर्ता

प्रदेश १ मा ९ सय ८ जनाको उम्मेदवारी दर्ता


मोरङ – स्थानीय तह निर्वाचनका लागि प्रदेश १ का विभिन्न १४ जिल्लास्थित १ सय ३७ पालिकाको प्रमुख पदमा ९ सय ८ जनाको उम्मेदवारी परेको छ ।

विराटनगरस्थित निर्वाचन कार्यालय प्रदेश १ का अनुसार हालसम्म प्राप्त विवरण अनुसार महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाको मेयरपदमा उम्मेदवारी दिनेको संख्या ४ सय १९ रहेको छ ।

कार्यालयका अनुसार प्रदेशभित्रका विभिन्न गाउँपालिकाको अध्यक्षमा ४ सय ८९ जनाले उम्मेदवारी दिएका छन् । त्यसैगरी, हालसम्म उपमेयरमा ३ सय ११ जनाको उम्मेदवारी परेको छ ।

कार्यालयले गाउँपालिका उपाध्यक्षमा ३ सय ९१ र पालिकाको उपप्रमुखमा ७ सय २ जनाले मनोनयन दर्ता गराएका छन् । अर्कोतर्फ, प्रमुख र उपप्रमुखमा १ सय हजार ६ सय १० जनाको उम्मेदवारी परेको छ ।

त्यसैगरी, वडाध्यक्षमा ५ हजार १७, महिला सदस्यमा ३ हजार ८ सय, दलित महिला सदस्यमा ३ हजार ४ सय ४ जनाको मनोनयन दर्ता भएको छ । खुला सदस्यतर्फ ८ हजार ४८ जनाले उम्मेदवारी दिएको कार्यालयले जनाएको छ ।

कार्यालयका प्रमुख एवं निर्वाचन अधिकृत लेवन काश्यप अधिकारीका अनुसार हालसम्म प्रदेश १ मा २१ हजार ८ सय ७९ जनाको उम्मेदवारी परेको छ । प्रदेश १ मा विराटनगर महानगरपालिकासँगै उपमहानगरपालिका २, नगरपालिका ४६ र गाउँपालिका ८८ वटा रहेका छन् ।