अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भिजिबिलिटी कम हुँदा काठमाडौंमा जहाजहरू आकाशमै फन्को लगाउँदै

भिजिबिलिटी कम हुँदा काठमाडौंमा जहाजहरू आकाशमै फन्को लगाउँदै


काठमाडौं – काठमाडौंमा भिजिबिलिटी कम हुँदा जहाजले आकाशमा फन्को लगाइरहेका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार बिहान १० बजेदेखि भिजिबिलिटी झनै कम हुँदै जाँदा जहाज अवतरणमा समस्या भएको हो ।

सिङ्गापुर एअरलाइन्स, नेपाल एअरलाइन्स, इन्डिगो लगायतका जहाज बारा, मकवानपुर र ललितपुरको आकाशमाथि घुमिरहेका छन् ।

बिस्तारै मौसम खुल्न थालेकाले अब अवतरण सहज हुने विमानस्थल कार्यालयले जनाएको छ ।