अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पाल्पामा एमालेका दुई उम्मेदवार सदस्यमा निर्विरोध

पाल्पामा एमालेका दुई उम्मेदवार सदस्यमा निर्विरोध


पाल्पा – पाल्पामा नेकपा एमालेबाट दुईजना महिला उम्मेदवार निर्विरोध निर्वाचित हुनुभएको छ ।

आउँदो वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि वैशाख १२ गते भएको मनोनयन दर्ताको क्रममा एकल उम्मेदवारी परेपछि उहाँहरु निर्विरोध निर्वाचित हुनुभएको हो ।

पूर्वखोला गाउँपालिका वडा-२ जल्पाकी महिला सदस्य भिमिसरा आले र वडा नं।५ विरकोटकी दलित महिला सदस्य पार्वती हिताङ्ग निर्विरोध निर्वाचित भएका हुन् ।

दुबै उम्मेदवारको एकल उम्मेदवारी परेकाले निर्वाचन अधिकृतको कार्यालय पूर्वखोलाले दुबैजना उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा गरेको हो ।