अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चितवनमा गठबन्धनबाट बाहिरियो जसपा

चितवनमा गठबन्धनबाट बाहिरियो जसपा


भरतपुर – चितवनको पाँच दलीय गठबन्धनबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरिएको छ । गठबन्धनमा रहेका अन्य दलहरूले वेबस्था गरेको हुनाले गठबन्धनबाट अलग भएको जनाएको सो पार्टीले जनाएको छ ।

गठबन्धनको राजनीतिक महत्व, हैसियत, मर्म र भावनाविपरीत नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले कार्य गरेको भन्दै जसपा गठबन्धनबाट बाहिरिएको हो ।

गठबन्धनको बैठकमा आफूहरूलाई नबोलाइएको र २९ वटै वडामा अध्यक्षसहित सदस्यहरूमा मनोमानी ढंगबाट सीट बाँडफाँट गरिएकाले गठबन्धनबाट बाहिरिएको जसपा भरतपुरका अध्यक्ष अनुज जोशीले बताउनु भयो ।