तनहुँ – टिकट वितरणमा असन्तुष्टि जनाउँदै तनहुँमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल निकट सात जना कांग्रेस नेता र कार्यकर्ताहरुले सामूहिक राजीनामा दिएका छन् ।
आज पत्रकार सम्मेलन गर्दै नेपाली कांग्रेस तनहुँका पूर्वजिल्ला सचिव (हाल संगठन विभाग प्रमुख) विश्व वास्तोला, कांग्रेस महासमिति सदस्य महेश्वर भट्टराई, क्रियाशील सदस्यहरु चुडामणि दाहाल, दीपेन्द्र पौडेल, दीर्घ थापा, ऋषिराम महत र बाबुराम बगाले लगायतले राजिनामा दिएका हुन् ।
राजीनमा दिएका महश्वेर भट्टराईले शुक्लागन्डकीको मेयरमा, दाहालले व्यास नगरपालिका-१ को वडाध्यक्षमा, थापाले व्यास नगरपालिका-२ को वडाध्यक्षमा, पौडेलले शुक्लागन्डकी नगरपालिका-३ को वडाध्यक्ष र महतले शुक्लागन्डकी नगरपालिका- ८ को वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिएका छन् ।







प्रतिक्रिया