अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धनलाई एमालेको सवक, उदयपुरगढीमा एमालेका दुई महिला वडा अध्यक्षको उम्मेद्वार

गठबन्धनलाई एमालेको सवक, उदयपुरगढीमा एमालेका दुई महिला वडा अध्यक्षको उम्मेद्वार


उदयपुर – नेपाली कांग्रेस र माओवादीसहितको पाँच दलिय गठबन्धनले महिलाको संवैधानिक अधिकार खोसे पनि नेकपा एमाले उदयपुरले भने महिलालाई थप जिम्मेवारी दिएको छ ।

महिलाहरुको प्रतिनिधित्व सूचिश्चित गर्न प्रमुख र उपप्रमुखमध्ये एक महिला हुनुपर्ने संवैधानिक अधिकार हनन गरेको गठबन्धनलाई सबक सिकाउँदै नेकपा एमालेले उदयपुरगढी गाउँपालिकामा वडा अध्यक्षमा नै दुई महिलालाई अघि सारेको छ ।

यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा एमालेको तर्फबाट दुई महिला उम्मेदवारले वडा अध्यक्ष पदमा मनोनयन दर्ता गराएका छन् ।

उदयपुरगढी गाउँपालिकाको वडा-५ बाट उर्मिला कार्की र वडा-६ बाट संगिता विश्वकर्मा उम्मेद्वार बनेका नेकपा एमालेका गाउँपालिका अध्यक्ष रूद्र खत्रीले बताउनु भयो ।

खत्रीका अनुसार उम्मेद्वार भएका दुई महिला सामाजिक र राजनीतिक रूपमा अब्वल छन् । निर्वाचनमा यी दुवै उम्मेदवारको जित सुनिश्चित भएको खत्रीले बताउनु भयो ।

वडा नम्बर ६ बाट चुनावी मैदानमा होमिनु भएका कार्की लामो समयदेखि मेलमिलाप समितिका संयोजक भएर सामाजिक सेवामा काम गरेका अनुभव छ भने विश्वकर्मा स्थानीय तह निर्वाचन २०७४ मा दलित महिला सदस्य निर्वाचित भई गाउँ कार्यपालिकामा निर्वाचित भई सामाजिक प्रतिनिधिको भूमिकामा रहेको अध्यक्ष खत्रीले बताउनु भयो ।