अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिन्धुलीको कमलामाईका उपमेयरमा माओवादीबाट उम्मेदवार बनेका श्रेष्ठको उम्मेदवारी नै अवैध

सिन्धुलीको कमलामाईका उपमेयरमा माओवादीबाट उम्मेदवार बनेका श्रेष्ठको उम्मेदवारी नै अवैध


सिन्धुली – कमलामाई नगरपालिकाका उपमेयरका उम्मेदवार दीर्घराज श्रेष्ठसहित १० जनाको उम्मेदवारी दर्ता हुन सकेको छैन ।

गठबन्धनबाट उपमेयर उम्मेदवार बनेका माओवादी केन्द्रका श्रेष्ठसहितको उम्मेदवारी दर्ता हुन नसकेको हो।

श्रेष्ठको नाम समानुपातिक प्रणालीको बन्द सूचीमा उम्मेदवारमा नाम कायम रहेको हुँदा दर्ता प्रक्रियामा इन्ट्री हुन नसकेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत ध्रुवप्रसाद सापकोटाका अनुसार, श्रेष्ठको नाम समानुपातिक प्रणलीको बन्द सूचीमा रहेको हुँदा नाम दर्ता हुन नसकेको हो । कानुन अनुसार अब उहाँको उम्मेदवारी दर्ता हुन सम्भव छैन । तर सत्तारूढ पार्टीको गठबन्धनका उम्मेदवार भएकाले बन्दसूचीबाट नाम हटाउन लगाएर उम्मेदवारी दर्ता गराउने प्रयासमा गठबन्धनका नेताहरू लागेका छन् । अन्य उम्मेदवारहरुको भने प्रस्तावकको विवरण नभिडेकाले दर्ता हुन नसकेको बताइएको छ । उपमेयर श्रेष्ठको नाम जनता समाजवादी पार्टी (जसपा)बाट समानुपातिक सूचीमा थियो ।

उहाँ केही हप्ताअघि मात्र जसपा परित्याग गरी माओवादी केन्द्र प्रवेश गरेका थिए । अब जसपाले बन्द सूचीबाट उहाँको नाम हटाइदिए मात्र उपमेयर उम्मेदवार हुन पाउने छन् ।