अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादीले पनि कांग्रेसकै घोषणापत्र स्वीकार्‍यो : महासचिव पोखरेल

माओवादीले पनि कांग्रेसकै घोषणापत्र स्वीकार्‍यो : महासचिव पोखरेल


काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रले आफ्नो चुनावी घोषणापत्र पनि बनाउन नसकेको टिप्पणी गर्नु भएको छ ।

काठमाडौंमा पार्टीको सम्पर्क समन्वय कमिटीले आयोजना गरेको कार्यक्रममा उहाँले माओवादीले पनि कांग्रेसकै घोषणापत्र स्वीकार गरेको बताउनु भयो ।

महासचिव पोखरेलले भन्नुभयो, ‘माओवादी केन्द्र कति कमजो छ भन्ने कुरा स्पष्टै भयो । आफ्नो राष्ट्रिय चुनावी घोषणापत्र सार्वजनिक गर्ने हैसियत पनि राख्दैन । माओवादी केन्द्रको घोषणापत्र के हो भन्दा नेपाली कांग्रेसको छातामुनि चुनाव लड्ने भएपछि कांगेसको घोषणापत्र माओवादीको घोषणापत्र बन्न पुगेको छ ।’