उदयपुर – उम्मेदवारी दर्तालाई लिएर असन्तुष्ट कार्यकर्ताले पार्टी छाड्ने क्रम जारी छ । सोही विषयमा उदयपुरको बेलका नगरपालिकामा उम्मेदवारी चयनप्रति तीव्र असन्तुष्टि जनाउँदै नेपाली कांग्रेसका १५ जना कार्यकर्ताले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडेका छन् ।
उनीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन्। नेपाली कांग्रेसका नेता बद्रीबहादुर सापकोटासहित पूर्व गाउँ पार्टी सभापति जयप्रसाद सुवेदी, पूर्व गाउँपार्टी सचिव बाबुराम थापा, प्रदेश सदस्य भरत कार्की, नगर सचिव माया वली सहित १५ जना नेपाली कांग्रेस उदयपुरका नेता तथा क्षेत्रिय प्रतिनिधिले पार्टी परित्याग गरेका हुन्।
कांग्रेसले बेलका नगरापालिकामा मेयरमा अशोक कार्कीलाई उम्मेदवार बनाएपछि कार्यकर्ता असन्तुष्ट बनेका हुन्। उनी अघिल्लो स्थानीय तहको निर्वाचनमा पराजित भएका थिए।
एक पटक पराजित भैसकेको व्यक्तिलाई पुनः टिकट दिएको भन्दै साथै पाटीले एकलौटी ढंगले पाटी सञ्चालन गरेको र गुटगत तरिकाले टिकट बितरण गरेको भन्दै कार्यकर्ताले पार्टीबाट राजीनामा दिएका हुन्। बेलका नगरपालिका पर्राष्टमन्त्री डा.नारायण खड्काको निर्वाचन क्षेत्रमा पर्छ।







प्रतिक्रिया