काठमाडौं – काठमाडौंको शिवपुरी राष्ट्रिय निकुञ्जमा आगलागी भएको छ । आज दिउँसो १ बजेदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।
महानगरीय प्रहरी परिसर काठमाडौं एसपी दिनेशराज मैनालीले आगो नियन्त्रणका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय निकुञ्जको टोलि दमकलसहित परिचालन गरिएको जानकारी दिनु भयो।
‘‘आगो नियन्त्रणमा आइसकेको छैन । हेलिकप्टरबाट पानी खसालेर नियन्त्रणमा लिने तयारी भइहरको छ,” उहाँले बताउनु भयो ।







प्रतिक्रिया