अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्जुनधारा मन्दिरमा टिकाग्रहण गर्दै एमालेले थाल्यो घरदैलो अभियान

अर्जुनधारा मन्दिरमा टिकाग्रहण गर्दै एमालेले थाल्यो घरदैलो अभियान


बिर्तामोड – झापाको अर्जुनधारा धाममा पुजारीबाट टिका ग्रहण गर्दै एमालेले घरदैलो अभियान प्रारम्भ गरेको छ ।

एमालेबाट अर्जुनधाराका मेयरका उम्मेद्वार बलदेव गोम्देन र उपमेयरको उम्मेद्वार खड्गमाया पराजुलीसहित वडाध्यक्षले धाममा पुगेर टिका ग्रहणपछि अभियान प्रारम्भ गरेका हुन् ।

सोमवार उम्मेदवारी दर्ता गराएका उहाँहरुले आज बिहानबाट घरदैलो अभियान शुरु गरेका छन् । अर्जुनधारा वडा-७ बाट घरदैलो अभियान थालिएको नेकपा एमाले अर्जुनधाराले जनाएको छ । बिहान ७ बजेदेखि मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यहरुसहितको समूहले घरदैलो अभियान मार्फत मत मागिरहेका छन् ।

संमृद्ध अर्जुनधारा निर्माण गर्दै देशकै नमूना नगर बनाउने घोषणा सहित गोम्देनको नेतृत्वमा एमाले घरदैलो गरिरहेको छ ।