अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुदूरपश्चिम प्रदेशसभा सदस्य मल्ल कांग्रेसबाट निष्कासित

सुदूरपश्चिम प्रदेशसभा सदस्य मल्ल कांग्रेसबाट निष्कासित


नेपाली कांग्रेसले डडेल्धुराका निवर्तमान सभापति एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ललाई पार्टीबाट निष्कासन गरेको छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले पार्टीको विधान २०१७ विपरित गतिविधि गरेको हुनाले मल्ललाई साधारण सदस्यसमेत नरहने गरी हटाइएको छ ।

कांग्रेसमा सभापति शेरबहादुर देउवासँग रुष्ट बनेको पूर्वजिल्ला सभापति तथा प्रदेशसभा सदस्य मल्ल समूहले काँग्रेस बीपीमा प्रवेश गरी स्थानीय तह निर्वाचनमा जिल्लामा एमालेसँग गठबन्धन गरेको थियो । डडेल्धुरा देउवाको गृह जिल्ला हो ।