अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मनाङको नार्पाभूमि उपाध्यक्षमा एमालेका मिङमार निर्विरोध, अध्यक्षमा कांग्रेसबाट बागी

मनाङको नार्पाभूमि उपाध्यक्षमा एमालेका मिङमार निर्विरोध, अध्यक्षमा कांग्रेसबाट बागी


मनाङ- मनाङको नार्पाभूमि गाउँपालिका उपाध्यक्षमा एमालेका मिङमार फुन्चो लामा निर्विरोध हुनुभएको छ ।

उपाध्यक्षमा लामाको मात्रै एकल उम्मेदवारी परेसँगै उहाँ निर्विरोध हुनुभएको हो । नार्पाभूमिको अध्यक्षमा एमाले समर्थित मिङमार सोनाम लामाले स्वतन्त्रबाट उम्मेदवारी दिनुभएको थियो ।

कांग्रेसबाट हालका उपाध्यक्ष कोन्जो तेन्जिन लामाले उम्मेदवारी दिनुभएको थियो । कांग्रेसकै कृष्णबहादुर लामाले बागी उम्मेदवारी दिनुभएको छ ।

एमाले जिल्ला कमिटी अध्यक्ष पोल्देन छोपाङ गुरुङले एमालेका तर्फबाट नार्पाभूमि गाउँपालिकामा एकल उम्मेदवारी परेको बताउनुभयो ।