अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चितवन कांग्रेसका नेताहरु बागी उम्मेदवारको घरमै, जगन्नाथले मानेनन् उम्मेदवारी फिर्ता लिन

चितवन कांग्रेसका नेताहरु बागी उम्मेदवारको घरमै, जगन्नाथले मानेनन् उम्मेदवारी फिर्ता लिन


चितवन- नेपाली कांग्रेस चितवनको नेतृत्वले भरतपुर महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उमेदवारी दिएका नेता जगन्नाथ पौडेललाई भेट गरेको छ ।

सभापति राजेश्वर खनालको नेतृत्वमा गएको टोलीले मंगलबार साँझ पूर्वसांसद पौडेललाई भेटेर आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गर्नुभयो ।

गठबन्धनले भरतपुरको महानगर प्रमुखमा नेकपा माओवादी केन्द्रलाई दिएर उपप्रमुख कांग्रेसले लिएको छ । उपप्रमुख सहित २९ वडामध्ये कांग्रेसले २० वटा वडा लिएको छ । कांग्रेसलाई प्रमुख नदिएको भन्दै असन्तुष्ट पौडेलले स्वतन्त्र उमेदवारी हालेका थिए ।