भरतपुर – भरतपुर महानगरपालिकाको मेयरका उम्मेदवार विजय सुवेदीले भरतपुर–२१ बाट घरदैलो अभियान सुरु गर्नुभएको छ । नेकपा (एमाले)–राप्रपाबाट महानगरको मेयरमा उम्मेदवारी दिनुभएका सुवेदीले मंगलबारदेखि चुनावी घरदैलो अभियान सुरु गर्नुभएको हो ।
घरदैलोका क्रममा सुवेदीले ज्येष्ठ नागरिकलाई ढोगेर आर्शीवाद लिनुभएको छ भने कांग्रेसीसँग सौहार्दता देखाउनुभएको छ । ज्येष्ठ नागरिकले सुवेदीको शीरमा हात राखेर आर्शीवाद दिएका छन् । उहाँले मनोनयन दर्ता गर्नुअघि पनि वीपी कोइरालाको शालिकमा माल्यार्पण गरेका गर्नुभएको थियो ।
मेयरका उम्मेदवार सुवेदीले वडा नं २० मा सम्पर्क कार्यालय पनि उद्घाटन गनुभएको छ । एमालेले वडा नं २० को अध्यक्षमा देवबहादुर तमाङ र सदस्यहरुमा तुलसी परियार, मानदेव पौडेल, देउमाया घले र आकाश तामाङलाई उम्मेदवार बनाएको छ ।
प्रतिक्रिया