अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चितवनको रत्ननगरबाट एमालेको घरदैलो अभियान सुरु

चितवनको रत्ननगरबाट एमालेको घरदैलो अभियान सुरु


चितवन – चितवनको रत्ननगरबाट एमालेले घरदैलो अभियान सुरु गरेको छ । निर्वाचन नजिकिँदै गर्दा आज विहानबाट नेकपा एमाले रत्ननगरले घरदैलो सुरु गरेको हो ।

एमालेबाट रत्ननगरका मेयर उम्मेदवार विमला दुवाडी र उपमेयर यादव पाठकसहितको टोलीले आजबाट घरदैलो सुरु गरेको बताइएको छ ।

उम्मेदवारसहितको टोलीले वडा नम्बर ३ को सुकुम्बासी बस्तीबाट घरदैलो सुरु गरेको एमाले नगर अध्यक्ष ईश्वरी प्रसाद अर्यालले जानकारी दिनुभयो ।

मेयरको उम्मेदवार महिला पाएपछि स्थानीय महिला उत्साहित देखिएका थिए । उनीहरुले महिलाको समस्या समाधानको लागि नेतृत्व तहमा महिला नै हुनुपर्ने भन्दै मेयरको उम्मेदवार दुवाडीलाई जितको लागि शुभकामना दिए ।

घरदैलो कार्यक्रममा मेयरको उम्मेदवार दुवाडी, उपमेयरका उम्मेदवार पाठकसहित वडा नम्बर ३ का वडाध्यक्षका उम्मेदवार गुप्तनाथ भट्टराईलगायत वडा सदस्यका उम्मेदवार तथा पार्टीका नेता कार्यकर्ताको उल्लेख्य उपस्थिति छ ।