अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उम्मेदवारीका विषयमा छलफल गर्न कांग्रेसको केन्द्रीय परिचालन समिति बैठक बस्दै

उम्मेदवारीका विषयमा छलफल गर्न कांग्रेसको केन्द्रीय परिचालन समिति बैठक बस्दै


काठमाडौं – नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक बस्दैछ ।

सानेपास्थित नेपाली कांग्रेसको पार्टी केन्द्रीय कार्यलयमा दिउँसो ४ बजे बैठकको तयरी भएको हो । बैठकमा सत्तारूढ गठबन्धनको चुनावी तालमेल अनुसार स्थानीय तहमा उम्मेद्वारी परे नपरेकोबारे छलफल गर्ने पार्टीका सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।

गठबन्धनका दलहरुबीच भएको सहमति अनुसार उमेदवारी दर्ता नभएका स्थान र पार्टीको तर्फबाट स्वतन्त्र तथा वागी उम्मेदवारी परेका तहहरूमा जिल्लासँग समन्वय गरेर फिर्ता लिने प्रयास गरिने उनले बताए ।

बैठकमा निर्वाचनको परिस्थिती र कार्यनीतिबारे छलफल हुने परिचालन समिति मातहत आचारसंहिता अनुगमन तथा निर्वाचन आयोग समन्वय उपसमितिका संयोजक मीनबहादुर विश्वकर्माले जानकारी दिए ।

उनका अनुसार बैठकमा कांग्रेस नेतृत्वको सत्ता गठबन्धनबीच भएको चुनावी तालमेलपछि उत्पन्न परिस्थितिबारे छलफल हुनेछ । चुनावी तालमेलपछि नेपाली कांग्रेसका जिल्ला तहको नेता कार्यकर्ता सबैभन्दा धेरै रुष्ट र आक्रोशित भएका छन् ।