अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा (एस) मकवानपुर अध्यक्षद्धारा पार्टी परित्यागको घोषणा

नेकपा (एस) मकवानपुर अध्यक्षद्धारा पार्टी परित्यागको घोषणा


मकवानपुर — स्थानीय निर्वाचनका लागि उम्मेदवारको टिकट वितरणमा असहमति राख्दै नेकपा (एकीकृत समाजवादी) पार्टी मकवानपुर अध्यक्ष श्रीधर पोखरेलले पार्टी परित्याग गरेको घोषणा गर्नुभएको छ ।

उहाँले स्थानीय तह निर्वाचनमा भएको गठबन्धन र टिकट वितरणको विषयमा पार्टीले चालेको कदमको विरोध गर्दै पार्टी परित्यागको घोषणा गर्नुभएको हो । उहाँले बुधबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै पार्टी परित्यागको घोषणा गर्नुभएको छ ।

उहाँसँगै जिल्ला सचिवालय सदस्य वीरेन्द्र डीसीले पनि पार्टी परित्यागको घोषणा गनुएभएको छ । उहाँले मनहरी, राक्सिारङ र कैलाशमा पार्टीले गठबन्धन गर्न असफल भएको र परिचित र संगठन निर्माणको काममा लागेकाहरुलाई बेवास्ता गरेको भन्दै पार्टी परित्याग गरेको बताउनुभयो ।

पोखरेल र डीसी नेकपा एमाले विभाजनपछि नेकपा (एस) मा आवद्ध हुनुहुन्थयो । उहाँहरु दुवैले तत्काल कुनै पनि पार्टीमा प्रवेश नगर्ने बताउनुभएको छ ।