अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसका वडा सभापति एमालेबाट अध्यक्ष उम्मेद्‌वार

कांग्रेसका वडा सभापति एमालेबाट अध्यक्ष उम्मेद्‌वार


पोखरा – गठबन्धनका कारण कांग्रेसबाट उम्मेद्वार उठ्न नपाएपछि वडा सभापतिले राजीनामा दिएर एमालेबाट उम्मेद्वार बनेका छन् । गलकोट नगरपालिका-६ का सभापति भक्त नेपाली कांग्रेस परित्याग गरी एमालेबाट वडाध्यक्ष उठेका हुन् ।

कांग्रेसले विचार नमिल्नेहरूसँग अप्राकृतिक गठबन्धन गरेको आरोप लगाउँदै नेपालीले एमाले रोजेको बताउनु भयो । उहाँमात्रै होइन, जैमिनी नगरपालिकामा एमालेबाट उपप्रमुखमा उम्मेद्वारी दिएकी यमुना देवी शर्मा पनि नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि हुन् ।