अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

चितवनको माडीमा एमाले र राप्रपाबीच चुनावी तालमेल

चितवनको माडीमा एमाले र राप्रपाबीच चुनावी तालमेल


चितवन – चितवनको माडी नगरपालिकामा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच चुनावी तालमेल गर्ने भएको छ ।

एमालेका तर्फबाट उपमेयरमा उम्मेदवारी दर्ता गराएका रेशमलाल आचार्यले उम्मेदवारी फिर्ता लिएका छन्। माडीमा एमाले र राप्रपाबीच चुनावी तालमेल गर्ने सहमति अनुसार आचार्यले उम्मेदवारी फिर्ता लिएका हुन्। दुवै पार्टीले माडीमा एक कार्यक्रमको आयोजना गरी तालमेलको सहमति अनुसार आचार्यले उम्मेदवारी फिर्ता लिएका हुन् ।

१२ वैशाखमा उम्मेदवारी दर्ताकाे दिन दुई पार्टी बीच अन्तिम समयमा तालमेल भएकोले आचार्यले एमालेका तर्फबाट उपमेयरमा उम्मेदवारी दिनु भएको थियो ।

उम्मेदवारी फिर्ता कार्यक्रममा बाेल्दै उपमेयरका उम्मेदवार आचार्यले पार्टीकाे एक असल कार्यकर्ता भएको नाताले तालमेलकाे भावना अनुसार उम्मेदवारी फिर्ता लिएर पार्टीलाई सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।

उहाँले उम्मेदवारी फिर्ता लिएर गठवन्धनका उम्मेदवारलाई जिताउन लागि पर्ने बताउनु भयो । राप्रपाका तर्फबाट उपमेयरमा मदन पाैडेलले उम्मेदवारी दिनु भएको छ ।