अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

स्याङ्जामा एक हजार ५४७ जनाको उम्मेदवारी

स्याङ्जामा एक हजार ५४७ जनाको उम्मेदवारी


स्याङ्जा – स्थानीय तहको निर्वाचनका लागि स्याङ्जामा एक हजार ५४७ को उम्मेदवारी परेको छ । पाँच नगरपालिका र छ गाउँपालिका गरी ११ पालिका रहेको स्याङ्जामा कूल ५०७ जनाका लागि एक हजार ५४७ को उम्मेदवारी परेको हो ।

मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलका अनुसार पालिका प्रमुखरअध्यक्षमा ६७ जना, उपप्रमुखरउपाध्यक्षमा ५० जना, वडाध्यक्षमा ३५१ जना, खुला सदस्यमा ५८० जना, महिला सदस्यमा २६५ जना र दलित महिला सदस्यमा २६५ जना गरी कूल एक हजार ५४७ को उम्मेदवारी परेको हो । जिल्लामा सबैभन्दा धेरै पुतलीबजार नगरपालिकामा २६० जनाले उम्मेदवारी दिएका छन् भने सबैभन्दा थोरै फेदीखोला गाउँपालिकामा ७४ जनाको उम्मेदवारी परेको छ ।  

त्यसैगरी वालिङ नगरपालिकामा २५२ जना, चापाकोट नगरपालिकामा १८७ जना, गल्याङ नगरपालिकामा १६८ जना, भीरकोट नगरपालिकामा १४७ जनाको उम्मेदवारी परेको छ भने गाउँपालिकातर्फ बिरुवा गाउँपालिकामा १२० जना, आँधीखोला गाउँपालिकामा ९४ जना, अर्जुनचौपारी गाउँपालिकामा ८४ जना, हरिनास गाउँपालिकामा ८३ जना, कालीगण्डकी गाउँपालिकामा ७८ जनाले उम्मेदवारी दिएका मुख्य निर्वाचन अधिकृत पौडेलले जानकारी दिनुभयो  ।

पालिकाको प्रमुखमा सबैभन्दा धेरै पुतलीबजार र गल्याङ नगरपालिकामा नौ/नौ जनाको उम्मेदवारी परेको छ भने सबैभन्दा थोरै बिरुवा र हरिनास गाउँपालिकामा चार/चार जना रहेका छन् । त्यस्तै उपप्रमुखमा पुतलीबजार र गल्याङ नगरपालिकामा सातरसात जना छन् भने थोरै हरिनास र कालीगण्डकी गाउँपालिकामा दुईरदुई जना छन् । त्यस्तै वडाध्यक्षमा सबैभन्दा धेरै पुतलीबजार नगरपालिकामा ६० जना र थोरै कालीगण्डकी गाउँपालिकामा १५ जना छन् । खुला सदस्यमा सबैभन्दा धेरै पुतलीबजारमा १०३ जना र थोरै फेदीखोलामा २६ जना छन् । महिला सदस्य वालिङ नगरपालिका र पुतलीबजारमा ४५-४५ जना छन् भने फेदीखोलामा ११ जनाको उम्मेदवारी परेको छ । दलित महिला सदस्यमा सबैभन्दा धेरै वालिङ नगरपालिकामा ४३ जना छन् भने थोरै फेदीखोलामा ११ जना रहेका छन् ।

पाँच नगरपालिका र छ गाउँपालिका गरी ११ पालिकामा ९७ वडा रहेका छन् । वालिङ र पुतलीबजार नगरपालिकामा १४-१४, गल्याङ नगरपालिकामा ११, चापाकोट नगरपालिकामा १०, भीरकोट नगरपालिकामा नौ वडा रहेका छन् । त्यसैगरी बिरुवा गाउँपालिकामा आठ, कालीगण्डकी गाउँपालिकामा सात, हरिनास गाउँपालिकामा सात, अर्जुनचौपारी गाउँपालिकामा छ, आँधीखोला गाउँपालिकामा छ, फेदीखोला गाउँपालिकामा पाँच वडा रहेका छन् ।