अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

आर्थिक वृद्धि ५.८ प्रतिशत हुने तथ्यांक विभागको प्रक्षेपण

आर्थिक वृद्धि ५.८ प्रतिशत हुने तथ्यांक विभागको प्रक्षेपण


काठमाडौं – केन्द्रीय तथ्यांक विभागले यो वर्ष नेपालको अर्थतन्त्र ५.८ प्रतिशतले वृद्धि हुने प्रक्षेपण गरेको छ ।

विभागले बिहीबार राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै चालू आर्थिक वर्ष २०७८-७९ मा नेपालको वृद्धिदर सन्तोषजनक हुने अनुमान गरेको हो ।

यो आर्थिक वर्ष सकिन तीन महीना बाँकी हुँदा नै विभागले कोभिड–१९ को महामारीको प्रभाव नपर्ने तथा अर्थतन्त्र अहिलेकै गतिमा सञ्चालन हुने अनुमानका आधारमा यस्तो लक्ष्य सार्वजनिक गरेको हो ।

यद्यपि, यो सरकारले लक्ष्य राखेको वृद्धिदरभन्दा कम हो । चालू आर्थिक वर्षको बजेट मार्फत सरकारले यो वर्ष सात प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्य सार्वजनिक गरेको थियो ।

विभागले बहुपक्षीय ऋणदाता विश्व ब्यांक, एशियाली विकास ब्यांक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको आर्थिक वृद्धिको अनुमानभन्दा बढी वृद्धिदर हासिल हुने आँकडा सार्वजनिक गरेको छ ।

विश्व ब्यांकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशत रहने अनुमान गरेको थियो । त्यस्तै, एशियाली विकास ब्यांकले ३.९ प्रतिशत र अन्तर्राष्ट्रिय मुद्रा कोषले ४.१ प्रतिशतको वृद्धिदर हासिल हुने अनुमान गरेका थिए ।

विभागका अनुसार, गत आर्थिक वर्ष २०७७-७८ मा नेपालको आर्थिक वृद्धिदर ३.८ प्रतिशत रहेको छ । विभागले शुरूमा ४.०१ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने अनुमान सार्वजनिक गरेको थियो । विभागका अनुसार, नेपालको अर्थतन्त्रको आकार बजार मूल्यमा रु.४८ खर्ब ५२ अर्ब पुगेको छ ।