अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दोलखामा गठबन्धनको विरोध गर्दै कांग्रेसका सभापतिसहित वडा कमिटी नै एमालेमा प्रवेश

दोलखामा गठबन्धनको विरोध गर्दै कांग्रेसका सभापतिसहित वडा कमिटी नै एमालेमा प्रवेश


दोलखा – दोलखाको कालिञ्चोक गाउँपालिकामा कांग्रेसका वडा सभापतिसहित वडा कमिटीका सबै नेता कार्यकर्ता नेकपा एमाले प्रवेश गर्नुभएको छ ।

कालिञ्चोक गाउँपालिका वडा नम्बर ४ का सभापति केदार कार्कीसहित ३८ जना नेता कार्यकर्ताहरु एमाले प्रवेश गर्नुभएको हो ।

लामिडाँडामा वुधबार आयोजित एक कार्यक्रमकाबीच उहाँहरुलाई एमाले पोलिटव्युरो सदस्य आनन्द पोखरेल, वागमती प्रदेश कमिटीका नेता लालकुमार केसी, डबल पाण्डे, जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ लगायतका नेताहरुले पार्टीमा स्वागत गर्नुभयो । कांग्रेसले विपक्षीहरुसँग गठबन्धन गरी कार्यकर्ताहरु माथि अन्याय गरेको कारण पार्टी परित्याग गरी एमाले प्रवेश गरेको उहाँहरुले बताउनु भएको छ ।