अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोजपुरमा नेकपा एसका जिल्ला उपाध्यक्षसहित १०५ जना एमाले प्रवेश

भोजपुरमा नेकपा एसका जिल्ला उपाध्यक्षसहित १०५ जना एमाले प्रवेश


भोजपुर- गठबन्धनबाट भोजपुरको दुई स्थानीय तहमा उपमेयर र उपाध्यक्ष पाएको नेकपा एसलाई चुनावी अभियानको सुरुवातमै भूकम्प गएको छ ।

चुनावको मुखैमा जिल्ला कमिटी उपाध्यक्ष चक्र तामाङसहित ठूलो संख्यामा नेता-कार्यकर्ता एमालेमा फर्किएपछि भोजपुरको एसमा भूकम्प गएको हो ।

नेकपा एमाले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा एसका उपाध्यक्ष तामाङ, प्रदेश १ अनेरास्ववियूका वरिष्ठ उपाध्यक्ष, जिल्ला कमिटी सचिवालय सदस्य प्रताप तामाङ, सचिवालय सदस्य, कार्यालय सचिव कृष्ण बस्नेत  एमाले  प्रवेश गरेका हुन् । प्रताप जिल्लाका जुझारु युवा नेता समेत हुन् ।

सिंगो कमिटि नै एमालेमा 

यसैबीच भोजपुर नगरपालिका–५ बोखिमको सिंगो कमिटी एमालेमा समाहित भएको छ । एमाले जिल्ला कमिटी अध्यक्ष मक्कर खड्काले नेकपा एसबाट  १०५ जनाले एमाले प्रवेश गर्नुभएको हो । 

नेकपा एससहित विभिन्न पार्टी छाडेर एमाले रोजेकालाई प्रदेश १ का पूर्वमुख्यमन्त्री एवं पोलिटब्यूरो सदस्य शेरधन राई, उपाध्यक्ष खड्का, भोजपुरका मेयर उम्मेदवार भरत तामाङलगायतका नेताहरूले स्वागत गर्नुभयो ।