अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले नेतृत्वको स्थानीय सरकारले विकास गर्ने एमाले उध्याक्ष पौडेलको दाबी

एमाले नेतृत्वको स्थानीय सरकारले विकास गर्ने एमाले उध्याक्ष पौडेलको दाबी


नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले एमाले नेतृत्वको स्थानीय सरकारले जनताका माग सम्बोधन गरी देशको विकास गर्ने बताउनुभएको छ ।

नेकपा एमाले सिद्धार्थ नगर कमिटीले भैरहवामा आयोजना गरेको उम्मेदवार अभिमुखीकरण कार्यक्रममा उहाँले उहाँले सिद्धार्थनगर क्षेत्रमा एमालेकै पहलमा देखिने गरी धेरै काम भएका दाबी गर्नुभयो ।

उहाँले भन्नुभयो, “बेलहिया बुटवल छ लेन सडक, भैरहवा लुम्बिनी तिलौराकोट चार लेन सडक, सिद्धार्थ क्रिकेट रङ्गशालामात्रै नभएर आज मात्रै परीक्षण उडान हुन गइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणको काम एमालेको सरकारको नेतृत्वमा भएको हो ।”

पौडेलले पाँच वर्षअघि र आजको सिद्धार्थनगरमा आफ्ना कारणले परिवर्तन आएको दाबी पनि उहाँले गर्नुभयो । उपाध्यक्ष पौडेलले सिद्धार्थनगरका बाटोघाटो, सडक, ढल, नाला, विभिन्न विद्यालय, पार्क, सरकारी कार्यालय, स्वास्थ्यचौकी र सामाजिक क्षेत्रमा आफू अर्थमन्त्री भएका समयमा काम भएको बताउनुभयो ।

पूर्वअर्थमन्त्री पौडेलले सिद्धार्थनगरको समग्र विकासका लागि सङ्घीय सरकारले एमालेको स्थानीय सरकारको पहलमा धेरै दीर्घकालीन योजनालाई सहयोग गरेको समेत बताउनुभयो ।