कैलाली – कैलालीमा नेपाली काँग्रेस निवर्तमान वडा अध्यक्षसहित पूर्ववडा सभापतिलगायतले सामुहिक राजीनामा दिएका छन् ।
यही वैशाख ३० गते हुन स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षसहित सदस्यहरु छनौट गर्दा एकलौटी ढंगले गरेको भन्दै उहाँहरुले आज सामुहिक राजीनामा दिएका हुन् ।
निवर्तमान वडा अध्यक्ष दीपक थापा क्षेत्रीले आफनो कार्यकालमा गरिएको कामको प्रगति प्रस्तुत गर्दै २०७४ सालको स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवार उठेका व्यक्तिलाई वडा अध्यक्षको उम्मेदवार बनाएको भन्दै राजीनामा दिएको घोषणा गर्नु भयो ।
नेपाली काँग्रेसमा भूमिका आवश्यक पर्दैन होला भन्ने लागेको हुँदा ४५ वर्षको आत्मीय सम्बन्धलाई पूर्ण विराम लगाउँदै पार्टीबाट अलग हुने निर्णय लिएको छु’ उहाँले भन्नुभयो । वडा नम्बर २ र ४ मात्र नभई वडा नम्बर ३ का वडा सचिव दानबहादुर विष्टले पनि पार्टीबाट राजीनामा दिएका छन् ।







प्रतिक्रिया