काठमाडौ -माओवादी निकट प्रगतिशिल प्राध्यापक संगठनका अध्यक्ष डा रमेश भट्टराई एमाले प्रवेश गर्नुभएको छ । अध्यक्ष केपी शर्मा ओलीले आज उहाँलाई एमालेमा स्वागत गर्नुभएको हो ।
२०३३ सालमा को अर्डिनेसन केन्द्रमा आवद्ध भट्टराई २०३५ सालमा नेकपा मालेमा आवद्ध हुनुहुन्थ्यो । पछि एमालेका विभिन्न जिम्मेवारीमा पार्टी काम गरिरहेका भट्टराई २०६६ सालतिर एमाले छोडेर माओवादी पार्टीमा लाग्नु भएको हो ।
आज अध्यक्ष एमालेमा प्रवेश गरेपछि भट्टराईले हुलमुलमा माओवादीमा पसेर आफूले १३ वर्ष यातना खेपेको बताउनुभयो । माओवादी पार्टीलाई बुद्धीजीवी नचाहिने भट्टराईले बताउनुभयो । ‘माओवादीमा प्रचण्ड देखि जर्नादनसम्म र महरा देखि वर्षमानसम्म कसैलाई बुद्धीजीवी मन पर्दैन’ भट्टराईले भन्नुभयो ‘हुलमुलमा माओवादीमा लागें । तर १३ वर्ष मैले यातना खेपेर अहिले निस्किएको छु ।’
अध्यक्ष ओलीले पनि भट्टराईलाई पार्टी प्रवेश गरेको भनिरहनु नपर्ने बताउनुभयो । ‘उहाँ क्याबी विदामा कतै जानु भएको थियो ’ ओलीले भन्नुभयो ‘तपाईंको रजिष्टर यहीं छ । भोली देखि हाजिर गरेर काम थाल्नुहोस ।’







प्रतिक्रिया