अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागीले उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन, गठबन्धन भाँडिने सत्तारुढको चिन्ता

बागीले उम्मेदवारी फिर्ता लिने आज अन्तिम दिन, गठबन्धन भाँडिने सत्तारुढको चिन्ता


काठमाडौं– निर्वाचन आयोगले आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्दैछ ।

साँझ ५ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता नलिए साँझ ६ बजे निर्वाचन आयोगले अन्तिम नामावली सार्वजनिक गर्ने कार्यक्रम छ ।

गत ११ र १२ गते मनोननयन दर्ता गरेका उम्मेदवारहरुको उम्मेदवारी फिर्ता लिने अन्तिम म्याद आज साँझ ५ बजेसम्म तोकिएको छ ।

सत्तारुढ गठबन्धनमा सबैभन्दा बढी बागी परेको छ । भरतपुर महानगरपालिकामै कांग्रेसका स्थापित नेताले बागी दिनुभएको छ ।

शीर्ष नेताहरुको दबाबमा पनि उम्मेदवारी फिर्ता नलिनुभएका जगन्नाथ पौडेलको उम्मेदवारी कायम रहे देशैभर गठबन्धन भाँडिने संकेत देखिएको छ ।