अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागीले उम्मेद्वारी फिर्ता नलिए प्रस्तावक समर्थकलाई पनि पार्टीबाट निस्कासन गर्ने काँग्रेसको चेतावनी

बागीले उम्मेद्वारी फिर्ता नलिए प्रस्तावक समर्थकलाई पनि पार्टीबाट निस्कासन गर्ने काँग्रेसको चेतावनी


काठमाडौं -नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनमा पार्टीका विद्रोही उम्मेदवारलाई मनोनयन फिर्ता आग्रह गरेको छ । काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी निर्वाचन आयोगले तोकेको समयभित्र उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएको हो ।
‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उम्मेदवार, निजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ संशोधन सहित० को धारा ४ ,१३ ग बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्कासित हुने व्यहोरा जानकारी गराइन्छ’, विज्ञप्तिमा उल्लेख छ ।