अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागी फिर्ता र सुर्खेत- रुकुममा गठबन्धन मिलाउन सत्तारुढ दलको बैठक बालुवाटारमा

बागी फिर्ता र सुर्खेत- रुकुममा गठबन्धन मिलाउन सत्तारुढ दलको बैठक बालुवाटारमा


काठमाडौ-बागी उम्मेदवारी फिर्ता र केही जिल्लामा गठबन्धनको भाग मिलाउन सत्तारुढ दलहरुको बैठक बालुवाटारमा बस्दैछ ।

बैठकमा बागी उम्मेदवारी फिर्ता र गठबन्धन मिल्न बाँकी रहेका केही जिल्लाहरुमा भागवण्डा गरेर उम्मेद्वारी फिर्ता गराउने बारे छलफल चलिरहेको एक नेताले जानकारी दिए । पहिलो प्राथमिकतामा भरतपुर र पोखरामा काँग्रेसका बागी फिर्ता गराउने दोस्रोमा सुर्खेत र रुकुम पश्चिमका पालिकामा गठबन्धनका सबै दलले गरेको उम्मेद्वारी फिर्ताको विषयमा छलफल हुनेछ । काँग्रेसका उपसभापती पूर्ण बहादुर खड्का र माओवादी नेता तथा अर्थमन्त्री जनार्दन शर्माको जिल्ला रुकुम पश्चिममा गठबन्धन दलले एक्लाएक्लै उम्मेद्वारी दर्ता गराएपछि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड रुष्ट छन् । उनीहरुले आफ्नो गृह जिल्ला पनि मिलाउन नसकेको भनेर दुवै नेतालाई बोलाएर तत्काल त्यहाँको समस्या समाधान गर्न तीनदिन अघि निर्देशन दिएका थिए । तर हालसम्म उनीहरुले आफ्नो अडानबाट पछि नहटेकोले सुर्खेत र रुकुमपश्चिममा एक्लाएक्लै चुनाव लड्ने सम्भवना बढेको एक नेताले जानकारी दिए ।

११ र १२ वैशाखमा भरतपुर र पोखरासहितका महानगरसँगै, विभिन्न उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकामासेमत आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी परेको छ ।
उम्मेदवारी फिर्ता लिने समय भने शुक्रबार ५ बजेसम्म रहेको निर्वाचन आयोगले जनाएको छ । यसअघि पनि बिहीबार गठबन्धन दलहरूको बैठक बसेको थियो । तर, अझै पनि धेरै ठाउँमा बागी उम्मेदवारी फिर्ता हुन बाँकी छ ।