हेटौंडा – नेकपा एकीकृत समाजवादी मकवानपुर जिल्ला अध्यक्षबाट राजीनामा दिएको भोलिपल्ट नै श्रीधर पोखरेल नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।
एमाले विभाजन भएपछि पोखरेल समाजवादीतर्फ लाग्नुभएको थियो । उहाँ फेरि एमालेमा पर्किनुभएको हो ।
उहाँलाई बिहीबार काठमाडौंमा भएको कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराउनुभएको छ । निर्वाचनपछि पार्टी कमजोर हुने भन्दै बुधबार उहाँ सहित सचिवालय सदस्यले समेत पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।
नेकपा एसबाट उहाँ हेटौंडा उपमहानगरको मेयरका लागि पनि सिफारिस हुनुभएको थियो। उहाँले राजीनामा दिएपछि नेकपा एसको मकवानपुर अध्यक्षमा सूर्यचन्द्र न्यौपाने चयन भएका छन् ।
प्रतिक्रिया