एमाले प्रवेश गरेका मकवानपुर नेकपा एसका अध्यक्ष पोखरेल चुनावी अभियानमा
हेटौडा – अध्यक्ष केपी शर्मा ओलीको निर्देशन पाए लगत्तै श्रीधर पोखरेल नेकपा एमालेको चुनावी प्रचार प्रसारमा सहभागि हुनु भएको छ । उहाँले हिजो नेपका एसको मकवानपुर जिल्ला अधयक्ष पद त्यागेर एमालेमा प्रवेश गर्नुभएको थियो । जमलमा आयोजित कार्यक्रममा पोखरेललाई अध्यक्ष ओलीले तपाईंहरु क्याबी विदामा कतै जानु भएको थियो ।अब फर्किनु भएको छ । हिजो तपाईंहरुको रजिष्टर रोलनम्बर जहाँ थियो त्यहीं छ । अब हाजिर गर्नुहोस र एमालेका उम्मेद्वार जिताउन लाग्नुहोस भनेर निर्देशन दिनुभएको थियो ।
नेकपा ९एकीकृत समाजवादी० मकवानपुरको अध्यक्ष पदसहित पार्टी परित्याग गरि एमाले प्रवेश गरेका पोखरेल शुक्रबार हेटौंडा–५ मा भएको नेकपा एमालेको प्रचार कार्यक्रममा सहभागी हुनु भएको छ । हेटौंडा–५ मा घरदैलो कार्यक्रममा नेकपा एमालेका बागमती प्रदेश कमिटीका सदस्य तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत, केन्द्र, प्रदेश र जिल्ला स्तरका नेताहरु सहित घरदैलो अभियानमा सहभागि हुनु भएको थियो ।
एमाले नेता पोखरेलले नेकपा एमालेबाट मेयर पदका उम्मेदवार अनन्त पौडेल, उपमेयर पदका उम्मेदवार सुमित्रा काफ्लेसहित वडा अध्यक्ष तथा सदस्य पदका उम्मेदवारहरुलाई शुभकामना दिदै एमालेका नेता तथा कार्यकर्ताहरुसँग सामुहिक तस्बिर समेत खिचाएका छन् । एमाले प्रवेश गर्दा आफ्नै घर फर्किएको र आफ्नै दाजुभाइ तथा दिदिबहिनीहरुसँग भेट भए झै खुसी मिलेको उहाँको भनाई छ ।
नेकपा ९एकिकृत समाजवादी० मकवानपुरका जिल्ला अध्यक्षबाट राजिनामा दिएको भोलिपल्टै हेटौंडाका श्रीधर पोखरेल नेकपा एमाले प्रवेश गर्नु भएको छ । समाजबादी पार्टीलाई एउटा प्राइभेट कम्पनिको संज्ञा दिनु भएका पोख्रेल एमाले प्रवेश गर्नु भएको हो । पोखरेललाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाण्डौँमा भएको एक कार्यक्रममा एमालेमा स्वागत गर्नु भएको थियो ।
पोख्रेल सहित जिल्ला सचिवालय सदस्य उत्तम न्यौपाने, बिरेन्द्र डिसी सहित तीन दर्जन नेताहरुले पार्टी परित्याग गरेका हुन् ।







प्रतिक्रिया