अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पश्चिम वायुको प्रभाव, मेघ गर्जनसहित वर्षा

पश्चिम वायुको प्रभाव, मेघ गर्जनसहित वर्षा


काठमाडौं – पहाडी भू भागमा स्थानीय वायु तथा पश्चिम वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मौसम पूर्वानुमान महाशाखाले शुक्रबार जारी गरेको बुलेटिनमा प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू(भागका मेघ गर्जनरचट्याङ्गसहित वर्षाको सम्भावना रहेको जनाएको छ।

राती प्रदेश १ र गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहि बाँकी भू-भागमा मौसम सामान्यता सफा रहने छ। गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा र प्रदेश १ र कर्णाली प्रदेशको पहाडी भू-भागको एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शनिबार पनि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्ग सहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ। आइतबार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र लुम्बिनी प्रदेशको पहाडी भू(भागका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्गसहित क्षणिकरहल्का वर्षाको सम्भावना रहेको छ।

देशका तराई तथा चुरे क्षेत्रमा तापक्रम बढ्दोक्रममा रहेकोले गर्मीका कारण हुन सक्ने असरबाट बच्न महाशाखाले अनुरोध गरेको छ।