अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा माओवादी नेता पक्राउ  

बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा माओवादी नेता पक्राउ  


रसुवा – बालिकामाथि करणी प्रयासमा आरोपमा माओवादीका एक नेता प्रहरीले पक्राउ गरेको छ।

बिहीबार साँझ ५ बजे बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा कालिका गाउँपालिका-३ धारापानीका ३५ वर्षीय गणेश बिकलाई पक्राउ परेको हो ।

पीडितका बाबुले शुक्रबार जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरीका आधारमा माओवादी जिल्ला कमिटी सदस्य तथा कालिका गाउँ कार्यपालिका सदस्यसमेत रहेका विक पक्राउ परेका हुन्

जर्वजस्त प्रयास गर्न गणेश विक पूर्ब कार्यपालिका सदस्य, वाइसियलका जिल्ला इञ्चार्जसमेत हुन ।

स्थानीय निर्वाचनका लागि भोट माग्न घरदैलो अभियानमा हिँडेका माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य विकले बालिका मात्र रहेको अवस्थामा घरमा पसेर संवेदनशील अंगमा समातेर दुर्व्यवहार गरेको पीडितले दिएको उजुरीका आधारमा प्रहरीले आरोपितलाई पक्राउ गरेको हो ।

विकलाई जिल्ला प्रहरी कार्यालय पठाएको इलाका प्रहरी कार्यालय कालिकास्थानका सइ काशीराम बुढाले बताउनु भयो । शुक्रबार बिहान पीडितको रसुवा अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको छ ।