अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

विमानको शौचालयमा भेटियो दुई किलोभन्दा बढी सुन, पाँच जना पक्राउ

विमानको शौचालयमा भेटियो दुई किलोभन्दा बढी सुन, पाँच जना पक्राउ


काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमान सफा गर्ने कर्मचारी २ किलो ३३२ ग्रामसहित पक्राउ परेका छन्।

विमानस्थल सुरक्षा कार्यालय प्रमुख एसएसपी भीमप्रसाद ढकालका अनुसार सरसफाइ गर्ने कर्मचारीहरु र एकजना ट्याक्सी चालक पक्राउ परेका हुन्।

दुबईबाट काठमाडौं आएको हिमालयन एयरको विमानभित्र सुनगाभा सप्लायर्स एण्ड सरसफाइ प्रालिका कर्मचारीले विमान सरसफाइ गर्ने क्रममा उक्त सुन फेला पारेका थिए।

बिमानको शौचालय भित्र फोहोहसँगै पाँचथरको याङवरक गाउँपालिका ४ का २८ वर्षीय भीमकुमार माबोले भेटिएका थिए। सुनका बिस्कुट बाहिर ल्याएर उनले सँगै काम गर्ने नुवाकोटको तादी गाउँपालिका ५ का २७ वर्षीय सुमन तामाङलाई बोलाएर दुई भाइले बाँडेर पर्समा लुकाएका थिए। 

बिमानस्थलको गेटबाट बाहिर निस्कने क्रममा चेकजाँच गर्दा भिमकुमारको पर्समा १० थान र बाँकी सुकनको पर्समा फेला परेको थियो। उनीहरुले लुकाएर लैजान लागेको सुनको बारेमा अनुसन्धान गर्दा थप तीन जना पक्राउ परेका हुन्। 

पक्राउ पर्नेमा उदयपुरको २८ वर्षीय राजेश राई, दोलखाका ४१ वर्षीय ट्याक्सी चालक हेमबहादुर थापा र सुनगाभा सप्लायर्स एण्ड सरसफाइ प्रालिका ३६ वर्षीय ताराकान्त चौधरी रहेका छन्।