काठमाडौं – ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिको उपाध्यक्षका लागि नेकपा एमालेको तर्फबाट शान्ता आङ्बुहाङले आफ्नो उम्मेदवार दर्ता गराउनु भएको छ ।
नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य पदबाट राजीनामा दिएर पालिकामा उपाध्यक्षको उम्मेदवार बन्नु भएको शान्ताले आफ्नो विजयलाई कसैले पनि रोक्न नसक्ने बताउनुुहुन्छ । अहिले उहाँ आफ्नो जित सुनिश्चित गर्न जनताको बीचमा होमिनु भएको छ ।
आङबुहाङलाई जनवादीको गीत राजनीति यात्रामा तानेको हो । २०३४ साल मंसिर १४ गते बाबु दिलबहादुर र आमा हाङमिता लिम्बुको कोखबाट कान्छी सन्तानको रुपमा हाङपाङमा जन्मिएको आङबुहाङ जनवादी गीत गाएर नेकपा एमालेमा आर्कषित हुनु भएको हो । २०४९ सालमा बाल कार्यक्रममा बाल गीत गाउँदा जनवादी गीत देउमाई खोला बगेर गई गयो गीतबाट प्रभावित भएर राजनीतिमा प्रवेश उहाँ बताउनुहुन्छ ।
२०५४ सामा साल क्षेत्रीय कमिटी हुँदै २०५५ सालमा अनेरास्ववियु जिल्ला कमिटीमा रहेर काम गर्नु भएको आङवुहाङ २०५५ अनेरास्ववियु जिल्ला कमिटी उपाध्यक्ष भएकी हुन भएको थियो ।
अनेरास्ववियु मेची अञ्चल महिला विभाग र केन्द्रीय महिला विभाग सदस्य सँगै २०५७ सालमा अनेरास्ववियुको ताप्लेजुङ जिल्ला अध्यक्ष हुन भएको हो ।
उहाँले अखिल नेपाल महिला संघ, जनसांस्कृतिक मञ्चको विभिन्न पदमा बसेर समेत काम गरी सक्नु भएको छ । २०६१ साल नेकपा एमाले जिल्ला कमिटी सदस्यमा रहेर काम गरी सक्नु भएको आङबुहाङ हाल पनि एमाले जिल्ला कमिटी सदस्य हुनुहुन्छ ।
पत्रकारिताबाट समाजसेवामा लाग्नु भएका आङबुहाङ एमाले निकट प्रेस चौतारीको केन्द्रीय सदस्य समेत भई सक्नु भएको छ । मानवअधिकार सञ्जाल तथा शान्ति कार्य समूहको संस्थापक सदस्य समेत हुन भएको आङबुहाङ महिला तथा बालअधिकार क्षेत्रमा समेत क्रियाशील रहुन भएको छ । नेपाल पत्रकार महासङ्घको केन्द्रीय सदस्य हुन भएको आङबुहाङले उक्त पदबाट राजीनामा दिएर गाउँपालिकाको उपाध्यक्षका पदमा उम्मेदवारी दिनुभएको छ ।
अहिले सबैतिर निर्वाचनमय बनेको छ । पाँच वर्ष पछि फेरी सम्पूर्ण स्थानीय तहहरूले नयाँ नेतृत्व पाउँदैछन् । प्रत्येक स्थानीय तहका राजनीतिज्ञहरू निर्वाचनमा होमिएका छन् । आफ्नो आफ्नो उम्मेदवार घोषण गरिरहेका छन् भने कोही टुङ्ग्याउने तिर लागि परिरहेका छन् ।
उहाँ महिला अधिकार कर्मि समेत हुनुहुुुन्छ । त्यसैले महिलाको आवाजलाई प्राथमिकता दिने गदै आउनु भएको छ । त्यसैले विभिन्न कार्यक्रहरुमा हिड्दै जादा वा गाउँघरमा डुल्दै जादा धेरै महिला हिंसाका घटनाहरु भेटेकी छु र त्यसको न्यूनिकरण लागि पनि अघि सरेकी छु त्यसको लागि पनि जनताले मलाई साथ दिनु हुन्छ भन्ने आशा गरेको छु ।
यो सँगै गाउँपालिकालाई नमुना गाउँपालिका बनाउँनका लागि शिक्षा, कृषि, स्वास्थ्य, यातायात, खेलकुद, विद्युत, सञ्चार, खाने पानि जस्तै धेरै विकासको योजना बनाएको बताउनुहुन्छ । सञ्चार माध्यमबाट जनचेतना फैलाउँदै गर्दा फेरी एक पठक जनप्रतिनिधिको हैसियतमा आफ्नो गाउँपालिकाको हितको निम्ति र यहाँका जनताको निम्ती केहि गर्न सोच आएकोले यो कदम चालेको उहाँको दाबी छ ।
महिला हितको कुराहरु धेरै गरिएको छ । तर अझै कार्यान्वन हुन सकेको छैन । यसलाई कागजमा मात्र नभई व्यवहारमा लागु गर्नु पर्नेमा जोड दिने उहाँ बताउनुहुन्छ । आफ्नै गाउँपालिकामा धेरै महिला हिंसा, करणीका घटनाहरु घट्ने गरेको भन्दै यसको अन्त्यका लागि कदम चाल्ने उहाँको भनाई छ । समाज सुन्दर हुनका लागि धेरै कुरा आवश्यक हुन्छ जस्तै त्यहाँको रितिरिवाज, रहनसहन, शिक्षा, कृषि, स्वास्थ्य, यातायात, खेलकुद, विद्युत, सञ्चार, खाने पानि यस्ता कुरामा पनि ध्यान प्रतिबद्धता जाहेर गर्नुहुन्छ । प्रस्तुति : सहारा लंवा
प्रतिक्रिया