अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दोलखाको बैत्यश्वरमा कांग्रेसका बागी उम्मेदवार एमाले प्रवेश

दोलखाको बैत्यश्वरमा कांग्रेसका बागी उम्मेदवार एमाले प्रवेश


दोलखा – कांग्रेसबाट दोलखाको बैत्यश्वरमा गाउँपालिको उपाध्यक्ष पदमा बागी उम्मेदवारी दिनुभएका कांग्रेसका पूर्व जिल्ला उपसभापति छविलाल मोक्तन (सानो छवि) एमाले प्रवेश गर्नुभएको छ ।

कांग्रेसबाट बैत्यश्वर गाउँपालिकाको अध्यक्ष दाबेदार उहाँलाई पार्टीले टिकट नदिएपछि उपाध्यक्षमा उम्मेदवारी दिनु भएको थियो। एमालेले उहाँको स्वतन्त्र उमेदवारीलाई समर्थन गर्ने भएपछि मोक्तान एमाले प्रवेश गर्नु भएको हो ।

मोक्तान एमाले प्रवेशपछि उहाँलाई सहयोग गर्ने र एमालेबाट उपाध्यक्षमा उमेदवारी दिनु भएकी नविना लामालाई फिर्ता बोलाउने सहमती भएको एमाले दोलखाका उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख राजेन्द्र मानन्धले बताउनु भयो ।

पार्टी प्रवेश गरेसँगै मोक्तान एमालेको आधिकारिक उम्मेदवार भएको मानन्धरले बताउनु भयो । एमाले प्रवेश गरेका मोक्तान बैत्यश्वरमा प्रभावशाली नेता मानिन्छन् ।

गठबन्धनका नाममा पार्टीले इमान्दार नेता कार्यकर्तालाई पाखा लगाउने कार्य गरेको भन्दै ३० वर्षे कांग्रेसको यात्रा टुंग्याएको उहाँले बताउनु भयो । उहाँलाई एमालेका पोलिटब्यूरो सदस्य पार्वत गुरुङलगायतले पार्टी प्रवेश गराउनु भएको थियो ।