अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मोरङमा वडा सदस्यका उम्मेदवारको मृत्यु

मोरङमा वडा सदस्यका उम्मेदवारको मृत्यु


विराटनगर – मोरङको केराबारी गाउँपालिका–२ को वडा सदस्य पदमा उम्मेदवारी दिएका नवीन लिम्बूको शुक्रबार बिहान मृत्यु भएको छ ।

नेपाली कांग्रेसबाट उनी उम्मेदवार हुनुहुन्थ्यो । गाउँपालिकाका निवर्तमान अध्यक्ष एवं कांग्रेसबाट गाउँपालिका प्रमुखको उम्मेदवार रहेका रोहितबहादुर कार्कीका अनुसार बिहीबार पार्टीको चुनावी कार्यक्रममा लिम्बू सहभागी हुनुहुन्थ्यो ।

कार्यक्रमपछि घर फर्किएर सुत्नुभएको उहाँ शुक्रबार बिहान अचानक बेहोस भएर ढलेको कार्कीको भनाइ छ । उहाँका अनुसार उपचारका लागि अस्पताल लैजाने क्रममा लिम्बूको मृत्यु भएको हो । मृत्युको कारण नखुलेको र शव पोस्टमार्टमका लागि पठाइएको कार्कीले बताउनुभयो ।