चितवन – नेकपा एमालेले भरतपुर महानगरमा पार्टी अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा वैशाख २६ गते चुनावी आमसभा गर्ने भएको छ ।
वैशाख २६ गते भरतपुर बसपार्क परिसरमा महानगर स्तरीय अन्तिम चुनावी सभा गर्ने एमाले भरतपुर महानगर निर्वाचन प्रचार समिति संयोजक तेजेन्द्र खड्काले जानकारी दिनुभयो । खड्काले भन्नुभयो, “पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा व्यापक जनसहभागितामा चुनावी सभा गर्ने तयारी छ ।”।
त्यसअघि भरतपुर महानगरका विभिन्न चारवटा स्थानमा क्षेत्रीय सभा गरिने प्रचार समितिले जनाएको छ।







प्रतिक्रिया