अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ललितपुर महानगरमा एमाले उम्मेदवारको घरदैलो

ललितपुर महानगरमा एमाले उम्मेदवारको घरदैलो


ललितपुर – नेकपा एमाले ललितपुर महानगरपालिका मेयर, उमपेयर, वडाध्यक्ष र वडासदस्य पदका उम्मेदवारले आजदेखि घरदैलो अभियान थालेका छन् ।

ललितपुर महानगरलाई लालकिल्ला बनाउने दाबीसहित उम्मेदवारहरू चुनावी घरदैलोमा लागेको उहाँहरुले दाबी गर्नु भएको छ।

एमाले जनताको हकहितमा काम गर्ने पार्टीका रुपमा परिचित रहँदै गर्दा विजयी हुने सुनिश्चितताका साथ मत माग्न वडा नं ७ र ८ च्यासलबाट अभियान शुरु गरिएको मेयरका उम्मेदवार हरीकृष्ण व्यञ्जनकारले बताउनु भयो । उहाँले भन्नुभयो, ‘यो पटक महानगरपालिकामा एमालेले विजय हासिल गर्ने निश्चित भइसक्यो । विजय भएपश्चात यस ठाउँको मुहारै फेरिदिने छौँ । कोरोना महामारीले थलिएका जनताको हितमा समेत विभिन्न काम गर्ने योजना एमालेको रहेको छ ।’

कला र संस्कृतिले भरिपूर्ण ललितपुरमा विभिन्न सम्भावना खोजि गरी जनतालाई रोजगारी प्रदान गरिने लक्ष्य समेत आफूहरुले बोकेको उनको भनाइ छ ।