भरतपुर – कांग्रेसका शीर्ष नेताको दवाव र चेतावनीका बाबजुद भरतपुर महानगरपालिकाको मेयरका स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले आफ्नो उमेदवारी फिर्ता लिनु भएन ।
उम्मेदवारी फिर्ता लिने निर्धारित समयसम्म पनि उहाँले उम्मेदवारी फिर्ता नलिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरका सूचना अधिकारी पुरुषोत्तम पौडेलले बताउनु भयो ।
काँग्रेसका चितवन जिल्ला सभापति राजेश्वर खनालले पौडेलको उम्मेदवारी फिर्ताका लागि तीन दिनदेखिको प्रयास असफल भएको बताउनु भयो । भरतपुरमा गठबन्धनका उम्मेदवार रेणु दाहाललाई सघाउने काँग्रेसको निर्णय थियो ।
पौडेलले नेपाली कांग्रेसको असन्तुष्ट पक्षबाट मेयरमा उम्मेदवारी दिनु भएको हो । उहाँलाई मनाउन गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठ चितवन आउनु भएको थियो । तर, पौडेललाई मनाउन नसकेपछि दुबै मन्त्री आजै काठमाडौ फर्किनु भएको छ ।







प्रतिक्रिया