अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: yobelanews@gmail.co

पोखरामा कांग्रेसका बागी उम्मेदवार कार्कीले लिएनन् मनोनयन फिर्ता

पोखरामा कांग्रेसका बागी उम्मेदवार कार्कीले लिएनन् मनोनयन फिर्ता


पोखरा – पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका कांग्रेसका विमल कार्कीले मनोनयन फिर्ता लिनु भएन । कांग्रेस तथा गठबन्धनको निर्देशनविपरीत उहाँले मनोनयन फिर्ता नलिएका हुन् ।

कांग्रेसले आफ्ना बागी उम्मेदवारलाई मनोनयन फिर्ता लिन निर्देशन दिएको थियो । तर, उहाँले फिर्ता नलिएको बताउनु भयो ।

निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म मनोनयन फिर्ता लिन समय दिएको थियो । तर, कांग्रेस पोखराका पूर्वसभापति समेत उहाँले आफ्नो उम्मेदवारी फिर्ता लिनु भएन । तर, पोखरा मेयरमा दिएको उम्मेदवारी कांग्रेसकै नन्दप्रसाद तिवारी र ऋषि सापकोटाले फिर्ता लिएका छन् ।