काठमाडौ- सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । सिन्धुलीबाट चकमके जाँदै गरेको बा।प्र। ०१–२६–च–०४५६ नम्बरको बोलेरो दुर्घटना भएको हो ।
आज दिउँसो भएको दुर्घटनामा एक महिला र दुई पुरुषको घटना स्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा तीन पाटन गाउँपालिका वडा नं। ९ अम्बोटेका ४५ वर्षीय तुलसीराम पहाडी, ५१ वर्षीय रामजी प्रसाद भण्डारी र कमलामाई नगरपालिका ७ माझी टारकी रुपा मगर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी मनोकुमार लामाले जानकारी दिनुभयो ।
घटनामा सात जना घाइते भएका छन् । घाइतेको बेलघरी स्वास्थ्य केन्द्रमा उपचार भई रहेको उनको भनाइ छ ।







प्रतिक्रिया