अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्युठानको झिमरुकमा एमाले-माओवादीबीच तालमेल

प्युठानको झिमरुकमा एमाले-माओवादीबीच तालमेल


प्युठान – प्युठानको झिमरुक गाउँपालिकामा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भएको छ ।

सहमति अनुसार अध्यक्षमा माओवादीका पीतबहादुर एमसी र उपाध्यक्षमा एमालेकी बिष्णु घर्तीको उम्मेदवारी कायम राखिएको छ ।

झिमरुकको अध्यक्षमा मनोनयन दर्ता गरेका एमाले उम्मेदवार हुकुमबहादुर खड्का र उपाध्यक्षमा मनोनयन दर्ता गरेकी माओवादी उम्मेदवार रुपमा जिसीले मनोनयन फिर्ता लिनु भएको हो ।

माओवादीले अध्यक्षसहित तीन वटा वडाध्यक्ष, एमालेले उपाध्यक्षसहित पाँच वटा वडाध्यक्ष लिने सहमति भएको एमाले झिमरुक पालिका कमिटी अध्यक्ष ईन्द्रमणी पोख्रेलले जानकारी दिनु भयो ।

सत्ता गठबन्धनभित्रका नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन गर्ने सहमति भएपछि झिमरुकमा माओवादी एक्लिएको थियो ।

जनमोर्चा र कांग्रेसबीचको तालमेल अनुसार जनमोर्चाबाट अध्यक्षमा टिकाबहादुर जिसी र उपाध्यक्षमा कांग्रेसका प्रमोद पोखरेल उम्मेदवार छन् ।