नुवाकोट- नुवाकोटको बेलकोटगढीमा जसपाबाट मेयरको उम्मेदवार बनेका कृष्णराज तिमिल्सिना एमाले प्रवेश गर्नुभएको छ । शुक्रबार उम्मेदवारी फिर्ता लिएका तिमल्सिना शनिबार बिहानै एमाले प्रवेश गर्नुभयो ।
उहाँले अब आफू नेकपा एमालेबाट राजनीतिमा अघि बढ्ने भन्दै एमालेका उम्मेदवारसँगै घरदैलोमा हिड्ने बताउनुभयो । उहाँले मेयरका उम्मेदवार राजेन्द्ररमण खनाल र उपमेयरका उम्मेदवार रूपा सापकोटासहित एमालेका सबै उम्मेदवार जिताउन आफू लागि पर्ने बताउनुभयो ।
तिमल्सिनालाई एमाले नेता एवं मेयरका उम्मेदवार खनालसहित एमाले बागमती प्रदेश कमिटी सदस्य ठाकुर पुडासैनी, एमाले बेलकोटगढीका इन्चार्ज गणेश खतिवडा लगायतले स्वागत गर्नुभएको थियो ।







प्रतिक्रिया