भरतपुर- चितवनको भरतपुर महानगरपालिकाका बागी उम्मेदवार जगन्नाथ पौडेलले चुनाव चिह्न पाएका छन्। निर्वाचन आयोगले भुइँकटर चुनाव चिह्न दिएको आयोगले जनाएको छ ।
नेपाली कांग्रेसका पूर्वसांसद समेत रहेका पौडेलले पार्टीको निर्णयविरुद्ध भरतपुरमा उम्मेदवारी दर्ता गराउनुभएको हो। सत्ता गठबन्धनमा माओवादी केन्द्रलाई भरतपुरको मेयर दिने सहमति भएपछि असन्तुष्ट पौडेलले स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराउनुभएको हो ।
पौडेलको उम्मेदवारी फिर्ता गराउन प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवा तथा नेताहरु गृहमन्त्री बालकृण खाँण, राज्यमन्त्री उमेश श्रेष्ठलगायतले प्रयास गरेपनि उहाँले बागी उम्मेदवारी फिर्ता नलिने अडान राख्नुभयो ।
पार्टीको निर्णयविरुद्ध उम्मेदवारी दिएको भन्दै कांग्रेस केन्द्रीय समितिले उनलाई पार्टीबाट निष्कासन गरेको छ।







प्रतिक्रिया