अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बुद्धभूमि नगरपालिकामा वडाध्यक्षका उम्मेदवारको मृत्यु, निर्वाचन कार्यक्रम स्थगित

बुद्धभूमि नगरपालिकामा वडाध्यक्षका उम्मेदवारको मृत्यु, निर्वाचन कार्यक्रम स्थगित


कपिलवस्तु – वडाध्यक्षका उम्मेदवारको मृत्यु भएपछि कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा स्थानीय तह निर्वाचन अन्तर्गत शनिबारको निर्वाचन कार्यक्रम स्थगित गरिएको छ ।

नगरपालिकाको वडानम्बर ८ का वडाध्यक्षका उम्मेदवार ओमप्रकाश तिवारीको मृत्यु भएकोले आजको निर्वाचन कार्यक्रम स्थगित गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

एमालेबाट उम्मेदवार बनेका तिवारीको शुक्रबार मृत्यु भएको सूचना प्राप्त भएपछि निर्वाचन अधिकृतको कार्यालयले सूचना जारी गर्दै निर्वाचन कार्यक्रम स्थगित गरेको हो ।