अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देश आज जनादेशबाट होइन, अध्यादेशबाट सञ्चालित भइरहेको छ : उपाध्यक्ष थापा

देश आज जनादेशबाट होइन, अध्यादेशबाट सञ्चालित भइरहेको छ : उपाध्यक्ष थापा


काठमाडौँ – नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा (बादल)ले अहिले देशको स्वतन्त्रता, लोकतन्त्र र अस्मिता जोखिममा रहेको बताउनुभएको छ ।

ताप्लेजुङ काठमाडौँ सम्पर्क मञ्चले आयोजना गरेको शुभकामना आदान-प्रदान तथा बृहत् भेलालाई सम्बोधन गर्नुहुँदै उपाध्यक्ष थापाले देशको लोकतन्त्र प्रतिगमनतिर फर्केको बताउनुभयो ।

उपाध्यक्ष थापाले भन्नुभयो “लोकतन्त्र भनेको जनादेशबाट लागू हुने प्रणाली हो । तर, त्यो लोकतन्त्र अहिले प्रतिगमन तिर फर्केको छ । देश आज जनादेशबाट होइन, अध्यादेशबाट सञ्चालित भइरहेको छ।”

उहाँले यो अलोकतान्त्रिक र राष्ट्रघाती सरकारले देशको अर्थतन्त्र अस्तव्यस्त बनाएको बताउनुभयो । नेपालको समृद्धि उल्टो दिशातिर अगाडि बढिरहेको बताउँदै उहाँले भन्नुभयो, “यो गठबन्धन सरकारले देशको अस्मिता र लोकतन्त्रलाई बन्धकी राखेको हामीले देखेका छौँ । एमसिसिको घटना होस् या महाकालीको घटना, देशको राष्ट्रियता र अस्मितालाई विदेशीसँग बन्धकी राखेको छ ।”

उहाँले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमाले आफ्ना नाराहरू स्पष्ट रूपमा लिएको जिकिर गर्नुहुँदै देश समृद्धिको लागि नेकपा एमालेलाई अत्यधिक स्थानमा जिताउनुको विकल्प नभएको बताउनुभयो ।

उपाध्यक्ष थापाले एमालेले स्थानीय तहमा ६० प्रतिशतभन्दा बढी सिट जित्ने बताउनुभयो ।