दमक- निर्वाचन आयोगले आज सार्वजनिक गरेको तथ्यांक अनुसार देशभरीमा महिलालाई पालिका प्रमुखको उम्मेद्वार बनाउने पहिलो पाटी एमाले हो । यो पार्टीले २७ वटा नगरपालिकाका प्रमुखका उम्मेद्वार महिलालाई बनाएको छ । ति २७ नगर मध्ये दमक पनि एक हो । संविधानको व्यवस्था अनुसार यो नगरमा उपमेयरमा पुरुष उम्मेद्वार अम्बिका प्रसाद खनाल हुनुहुन्छ ।
निरन्तर जनताको सेवामा खटिएका एमालेका खनाल एमाले प्रदेश कमिटी सदस्यको हुनुुहुन्छ । खनाल स्थानीय स्तरमा जनस्तर सम्म लोकप्रिय सम्वन्ध बनाएका नेताको रुपमा परिचित हुनुुहुन्छ ।
२०३५ साल देखि संकल्प गिती कार्यक्रम हुँदै अनेरास्ववियूमा संगठीत भएका खनालले २०४० सालमा पार्टी सदस्यता लिनुभएकोे होे । त्यस पछि पार्टीको सक्रिय सदस्य हुँदै नगर सदस्य, कार्यलय सचिव हुँदे नगर कमिटीको नेतृत्व सम्माहेलका नेता हुनुहुन्छ खनाल । एमाले क्षेत्रीय सदस्य, नगर ईन्चार्ज हुँदै दमकमा २०६२÷०६३ को जनआन्दोलनमा नेतृत्वदायी भुमिकामा खनाल हुनुहुन्थ्यो ।
सामाजिक रुपमा दमकका नेतृत्वदायी संस्थाहरुमा लामो समय देखि आवद्ध खनालले दमकको सिंहदेवी माविमा दुई कार्यकाल अध्यक्षको भुमिका निर्वाह गरि सकेका छन् । शैक्षिक विकासका लागि अग्रणी भुमिका निर्वाह गर्द आएका खनालले पूर्वी नेपालकै अग्रणी शैक्षिक संस्था दमक बहुमुखी क्याम्सको सञ्चालक समिति सदस्य र शैक्षिक समितिको संयोजकको रुपमा समेत काम गर्नुभएकोे छ ।
दमकमा रहेका भुमिहिन तथा सुकुमबासीहरुलाई धनीपूर्जा समेत वितरण गर्ने गरि आधार तयार पार्ने भुमि व्यवस्थापन समितिको संयोजक भएर काम गरि सकेका खनाल झापाकै हेवी वेटेड उपमेयरको उम्मेद्वारका रुपमा चुनावी मैदानमा रहेका छन् ।
अम्बिका खनालको दमकमा सादगी नेताको छवि कायम छ । लामो समय देखि सत्ता नजिकै रहेको र बेला बेला सत्ताको नेतृत्व गरेको एमालेका नेता भए पनि उहाँले आफुलाई सधैं जनस्तरको नेताको रुपमा प्रस्तुत गर्दै आउनुभयो ।
देशै भरी स्थानीय तह निर्वाचका लागि सत्ता पक्षीय पाँच दलको गठवन्धन भए पनि दमकमा राप्रपा सहितको गठवन्धन भएको छ । लोकतन्त्रका लागि अग्रणी भुमिका निर्वाह गरेको बताउने नेकपा माओवादी केन्द्र समेत सक्रिय राजतन्त्रको अभियन्ता राप्रपालाई प्रमुख पद दिएर अहिले एमाले हराउने अभियानमा सामेल भएको छ ।
दमकमा चौथो शक्तिका रुपमा रहेको नेपाली कांग्रेसले गठवन्धनका तर्फबाट उपमेयरमा उम्मेद्वारी दिएको छ । तर एक्लै चुनावी मैदानमा होमिएको एमाले र एमालेको तर्फबाट उपमेयरका उम्मेद्वार बनेका खनाल अहिले गठवन्धनका लागि भारी हुनुभएको छ ।
एमाले तथा व्यक्तिगत रुपमा समेत खनालको जनस्तर सम्म भएको सम्वन्धका कारण गठवन्धन र कांग्रेस अहिले झस्किएको छ । अघिल्लो निर्वाचनमा एउटै पनि जनप्रतिनिधी निर्वाचित नभएको कांग्रेस र माओवादी केन्द्रका लागि एक्लै चुनावी मैदानमा उत्रिएको एमाले र जनस्तर सम्म लोकप्रिय रहेका उसका उम्मेद्वारनै अहिले भारी परेका छन् ।







प्रतिक्रिया