अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दोलखामा ८३ ले फिर्ता लिए उम्मेदवारी

दोलखामा ८३ ले फिर्ता लिए उम्मेदवारी


दोलखा – आसन्न वैशाख ३० गतको स्थानीय तह निर्वाचनमा दोलखामा ८३ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

दुई नगरपालिका र सात गाउँपालिकामा विभिन्न राजनीतिक दल तथा स्वतन्त्रतर्फबाट विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका ८३ ले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी विशाल केसीले जानकारी दिनुभयो ।

भिमेश्वर नगरमा छ र जिरी नगरमा सातले उम्मेदवारी फिर्ता गरेका छन् । यस्तै कालिञ्चोक गाउँपालिकामा नौ, गौरीशङ्करमा नौ, तामाकोशीमा १६, मेलुङमा १७, विगुमा १२, वैतेश्वरमा छ र शैलुङ गाउँपालिकामा एकले गरी कूल ८३ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।